
काठमाडौं। भदौ अन्तिम साता वाणिज्य बैंकहरुको निक्षेप ह्वात्तै बढेको छ। पछिल्लो एक सातामा बैंकहरुको निक्षेप ४०.५४ अर्ब रुपैयाँ बढेको हो।
भदौ ३१ मसान्तसम्म बैंकहरुले कुल ४४ खर्ब ८६ अर्ब निक्षेप संकलन गरेका छन्। भदौ २४ गतेसम्म बैंकहरको निक्षेप ४४ खर्ब ४५ अर्ब रुपैयाँ थियो।
स्वदेशी मुद्राको निक्षेप ४०.४० अर्ब रुपैयाँ बढेको हो। यस्तै, विदेशी मुद्राको निक्षेप १४ करोड रुपैयाँ बढेको छ।
निक्षेपसँगै ऋण पनि सामान्य बढेको छ। भदौ ३१ सम्म बैंकहरुले कुल ४१ खर्ब ९० अर्ब रुपैयाँ ऋण दिएका छन्। अघिल्लो साता ४१ खर्ब ८८ अर्ब कर्जा दिएका थिए। पछिल्लो साता २.२० अर्ब रुपैयाँ थप ऋण दिएका छन्।