तरलता संकट गहिरिएपछि ४० अर्ब रुपैयाँ बजारमा पठाउँदै राष्ट्र बैंक, बैंकको ट्रेजरी बिल किन्दिने



बिजमाण्डू
२०७९ असोज ६ गते ०९:०२ | Sep 22, 2022


काठमाडौं। बैंकहरु चरम तरलता संकटमा गएपछि राष्ट्र बैंकले बिहीबार ४० अर्ब रुपैयाँ बजारमा प्रवाह गर्ने भएको छ।

Tata
Global Ime

राष्ट्र बैंकले सोझै खरीद बोलकोबल (आउट राइट पर्चेज) मार्फत प्रणालीमा ४० अर्ब रुपैयाँ पठाउन लागेको हो।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासँग भएको ट्रेजरी बिल खरीद गरेर ऋण दिने मौद्रिक औजार आउट राइट पर्चेज हो। बैंक वित्तीय संस्थाले २०७९ पुस मसान्तसम्म भुक्तानी अवधि भएको ट्रेजरी बिल खरीद गर्ने छ।

केही दिनअघि पुरानो ऋणपत्र नवीकरण गरिरहेको राष्ट्र बैंकले यसपाली भने बजारमा पैसा पठाउन लागेको हो। चालु बर्ष दोस्रो पटक आउट राइट पर्चेज गर्न लागेको हो। यसअघि २५ अर्ब रुपैयाँ बजारमा दिएको थियो।