प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका व्यतीत बीमालेखमा ५०% सम्म छुट, नवीकरण गराउनेलाई सुविधा



बिजमाण्डू
२०७९ असोज ६ गते ११:५९ | Sep 22, 2022


प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका व्यतीत बीमालेखमा ५०% सम्म छुट, नवीकरण गराउनेलाई सुविधा


काठमाडौं। प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतीत बीमालेखमा छुट दिने भएको छ।

Tata
Global Ime

कम्पनीले २०७७ असोज ५ गतेदेखि व्यतीत भएका बीमालेखहरुमा चालु आर्थिक वर्षको असोज ५ देखि ३० गतेसम्म नवीकरण गर्दा लाग्ने ब्याज र जरिवाना ५० प्रतिशत  छुट दिने व्यवस्था गरेको हो।

ब्याज छुट गर्ने प्रयोजनका लागि दुई वर्ष अगाडि (२०७७ असोज ४) देखि व्यतीत भएका बीमालेखहरुमा मात्र समावेश हुने कम्पनीले जनाएको छ।

यस किसिमको व्यतीत बीमालेख नवीकरण गर्दा दिइएको छुट सुविधा अवधिभर एकपटक मात्र प्रदान गर्ने छ।

व्यतीत भएको बीमालेखले बीमा जोखिम बहन गर्दैन। त्यसैले समयमै आफ्नो बीमालेखको नवीकरण बीमाशुल्क भुक्तानी गरी ब्याज र जरिवाना छुटको लाभ लिन कम्पनीले आफ्ना सेवाग्राहीलाई आग्रह गरेको छ ।