सिप्रदीले सार्वजनिक गर्‍यो नेक्सन इभी प्राइम, अपग्रेडेड भर्सन गाडीको मूल्य ३८ लाख रुपैयाँ



बिजमाण्डू
२०७९ असोज ७ गते ११:१४ | Sep 23, 2022


काठमाडौं। टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नेक्सन इभीमा अपग्रेडसहित नयाँ भेरियन्ट थपेको छ। नाडा अटोमोबाइल एशोसिएसन अफ नेपालले आयोजना गरेको नाडा इभी एक्स्पोको अवसर पारेर सिप्रदीले सो अपग्रेड संस्करण सार्वजनिक गरेको हो।

Tata
Global Ime

यसको मूल्य ३७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।

टाटा नेक्सन प्राइम सेग्मेन्टमा हाल बिक्री भइरहेका मोडल जस्तै ३०.२ किलोवाट आवर क्षमताको लिथियम-आयोन ब्याट्री उपलब्ध छ। यसले प्रदान गर्ने रेन्ज पनि पुरानै मोडल जति नै छ। एक पटकको फुल चार्जमा ३१२ किलोमिटरको दुरी तय गर्ने कम्पनीले जनाएको छ।

नेक्सन प्राइममा थपिएका नयाँ फिचरहरु मल्टी मोड रि-जेनेरेसन सिस्टम, क्रुज कन्ट्रोल, स्मार्ट वाच कनेक्टिभीटी, इन डाइरेक्ट टायर प्रेसर मोनिटरिङ सिस्टम, रिजेनेरेसनको समयमा अटोमेटिक ब्रेक ल्याम्प बल्ने फिचर थपिएको हो। टायर प्रेसरिङ मोनिटरिङ सिस्टम मोबाइल फोनको एपबाट चेक गर्न सकिन्छ।

यो नयाँ नेक्सन इभीको प्राइममा पनि लङ रेन्ज नेक्सन इभी म्याक्सको जस्तै ४ लेभल रि-जेनेरेटिङ ब्रेकिङ सिस्टम छ। यसले गाडीमा भएको ब्याट्रीलाई रिचार्ज गर्न मद्दत गर्छ। ट्राफिक चापमा र ओरालो बाटोमा यात्रा गर्दा लगाइने ब्रेकिङले ब्याट्री रिचार्ज हुने कम्पनीले जनाएको छ।