आइएमई पे र फोन पेबीच भयो सम्झौता, क्यूआर स्क्यानमा १ लाख रुपैयाँसम्म जित्न सकिने



बिजमाण्डू
२०७९ असोज ७ गते १५:५६ | Sep 23, 2022


आइएमई पे र फोन पेबीच भयो सम्झौता, क्यूआर स्क्यानमा १ लाख रुपैयाँसम्म जित्न सकिने


काठमाडौं। आइएमई पे र फोन पेबीच सम्झौता भएको छ। सम्झौता पत्रमा आइएमई पेका तर्फबाट निमित्त प्रमुख कार्यकारी अध्यक्ष आमोद भट्टराई र फोनपेका तर्फबाट बिजनेस डेभ्लपमेन्ट पेमेन्ट म्यानेजर रुशान्त श्रेष्ठले हस्ताक्षर गरेका छन्। 

Tata
Global Ime

सम्झौता अनुसार क्यूआर स्क्यानमा एक लाख रुपैयाँसम्म जित्न सकिने आइएमई पेले जनाएको छ। त्यसका अतिरिक्त अन्य छुटका अफरहरु पनि उपलब्ध रहेको बताइएको छ। 

महान चाडपर्वको अवसर पारी फोनपेले दसैंमा १० दिनको र तिहारमा ५ दिनको अफर सार्वजनिक गरेको छ। जसमार्फत प्रयोगकर्ताहरुले हरेक दिन आइएमई पे मार्फत फोनपे क्यूआर स्क्यान गरेर भुक्तानी गर्दा एक लाख रुपैयाँ जित्ने सकिने कम्पनीले जनाएको छ। 

यसको साथै यही असोज १४ गते पर्ने आइएमई पेको ‘क्यूआर डे’ मा प्रयोगकर्ताहरुले आइएमई पे मार्फत फोनपे क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १०% छुट (अधिक्तम एक सय रुपैयाँ) पनि पाउने कम्पनीले जनाएको छ। 

समझदारीले प्रयोगकर्ताहरुलाई चाडपर्वको किनमेल गर्न सहजता पुर्‍याउनुका साथै नयाँ प्रयोगकर्ताहरुलाई डिजिटल प्रविधि प्रयोगमा प्रोत्साहन दिने दुवै कम्पनीले विश्वास राखेका छन्।