
काठमाडौं। बैंकिङ प्रणालीको निक्षेप ५१ खर्ब रुपैयाँ नाघेको छ। राष्ट्र बैंकका अनुसार, ५० खर्ब ९० अर्ब रुपैयाँको निक्षेप बढेर ५१ खर्ब ६ अर्ब पुगेको हो।
वाणिज्य बैंकहरुको मात्रै पनि ४५ खर्ब नाघेको छ। ४४ खर्ब ८८ अर्बको निक्षेप गत बुधबार ४५ खर्ब ४ अर्ब रुपैयाँ पुगेको हो।
बैंकिङ प्रणालीको ऋण बिस्तार भने स्थिर नै छ। एक अर्बले बढेर ४७ खर्ब २३ अर्ब रुपैयाँ पुगेको छ।
बाणिज्य बैंकहरुको निक्षेप एक अर्बले बढेको हो। वाणिज्य बैंकहरुको कुल ऋण बिस्तार ४१ खर्ब ८५ अर्ब रुपैयाँ पुगेको छ।
निक्षेपमा उच्च सुधार र ऋण स्थिर हुँदा कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) मा सुधार देखिएको छ। सीडी रेसियो ८७.३० प्रतिशतमा झरेको छ।