एनआईसी एशिया बैंकको स्किम, बैंकको खाताबाट रेमिटेन्स बुझ्दा ३०० रुपैयाँ दक्षिणा पाइने



बिजमाण्डू
२०७९ असोज ९ गते ०९:११ | Sep 25, 2022


काठमाडौं। एनआईसी एशिया बैंकको खाताबाट रेमिटेन्स बुझ्ने ग्राहकलाई बैंकले तीन सय रुपैयाँ दक्षिणा दिने भएको छ। 

Tata
Global Ime

बैंकले  ‘एन आई सी एशियामा रेमिटेन्स आयो, दक्षिणा पायो’ योजना सार्वजनिक गर्दै यस्तो व्यवस्था लागु गर्ने जनाएको छ। 

योजना अनुसार बैंकमा रहेको खाता वा बैंकमा नयाँ खाता खोली विदेशबाट रेमिटेन्स बुझ्ने ग्राहकलाई आकर्षक दक्षिणाको पाउनेछन्।

रेमिटेन्स बैंकको खातामार्फत बुझ्दा सो खातामा बैंकले दक्षिणाको रुपमा थप तिन सय रुपैयाँ दिनेछ। बैंकका अनुसार योजना असोज १ देखि कार्तिक ३० सम्म लागू हुनेछ। 

विश्वका विभिन्न देशहरूबाट स्वदेशमा पठाएको रेमिटेन्सको हकमा योजना लागू हुने बैंकले जनाएको छ।