काठमाडौं। विगत ५ बर्षदेखि विद्युतीय तीन पाँग्रे सवारीसाधन आयात गरी बिक्रि गर्दै आएको आरोग्य मोटर्सले विद्युतीय स्कुटरको बिक्री सुरु गरेको छ। कम्पनीले चीनबाट पार्ट्सहरु ल्याइ नेपालमा नै एसेम्बल गरेर नेपाली ब्राण्ड (एरोमा) को नाममा तीन पाँग्रे सवारीसाधन बिक्री गर्दै आइरहेको थियो।
पहिलो चरणमा एरोमा स्कुटरका विभिन्न ३ मोडेल र ५ कलहरुमा बजारमा उपलब्ध हुनेछन्। ती स्कुटरहरुमा ७२ भोल्टका ५० तथा ६० एएच लिथिएम ब्याट्री प्याक उपलब्ध रहेका छन्।
५० एएच ब्याट्री प्याक भएका स्कुटरको मुल्य २ लाख ५८ हजार र ६० एएच ब्याट्री प्याक भएको स्कुटरको मुल्य २ लाख ७२ हजार रुपैयाँ राखिएको छ। यसै महिनाको १२ गते देखि ती स्कुटरहरु ग्राहकलाई क्रमशः वितरण गर्ने गरी तयारी गरिएको कम्पनीले जनाएको छ।
२ घण्टा भन्दा कम समयमा फुल चार्ज गर्न सकिने डेडिकेटेड चार्जर यसमा उपलब्ध हुनेछ। एक पटकको फुल चार्जमा करिब १५० किलोमिटर सम्मको रेन्ज दिने कम्पनीको दावी छ।
१६० एमएम ग्राउण्ड क्लियरेन्स भएकाले कच्ची तथा पक्की दुबै खालको बाटोमा एरोमा स्कुटर चलाउन सहज हुनेछ। यसमा अगाडि र पछाडिका दुबै पाङ्ग्रामा डिस्क ब्रेक प्रयोग गरिएको छ।
दसै-तिहार तथा छठ पर्वको अवसरमा लक्की ड्र मार्फत १० जना ग्राहकलाई गोसाईकुण्डको हेलि टुरको फेस्टिवल स्किम समेत राखिएको कम्पनीले जनाएको छ।
हालसम्म काठमाण्डौं, दाङ्ग, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लाका विभिन्न शहर तथा बजारमा डिलर तथा शाखा कार्यालयहरु रहेका कम्पनीले जनाएको छ। भने अन्य शहरमा नयाँ डिलर नियुक्तिको प्रकृया अघि बढाइएको पनि कम्पनीको भनाइ छ।
आगामि महिना भरीमा काठमाण्डौं उपत्यका लगायत नेपालका सातैवटा प्रदेशमा डिलरहरु विस्तारको तयारी भइरहेको कम्पनीको दावी छ।