काठमाडौं। बिहीबारदेखि काठमाडौंको भृकुटीमण्डपमा पहिलो पटक भएको विद्युतीय सवारी साधनको प्रदर्शनी आज सकिँदै छ। नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले आयोजना गरेको चार दिने उक्त नाडा इभी एक्स्पो आज समापन हुने आयोजक टिमले जनाएको छ।
सरकारले पेट्रोलियम पदार्थबाट चल्ने प्यासेन्जर भेहिकल आयातमा प्रतिवन्ध लगाएपछि नाडाले विद्युतीय गाडीको प्रदर्शनीको आयोजना गरेको थियो। यो प्रदर्शनीमा आयोनिक-५ देखि टेस्लासम्म प्रर्दशनीमा राखिएको छ।
यस्तै दुई पाँग्रेमा केही नयाँ मोडलहरु सार्वजनिक भएका छन्। यस्तै चार पाँग्रेमा भने नयाँ मोडल त्यति देखिएन। यस्तै यो एक्स्पोमा ओला, टेल्जीको ब्ल्यु शार्क, एरोमा, जोए, सुपर शोको नयाँ बाइक तथा स्कुटरहरु सार्वजनिक भएका छन्।
कोभिडको कारण देखाउँदै चीनले नाका बन्द गरेकोले नयाँ मोडल सार्वजनिक हुन नसकेको आयोजक टिमले जनाएको छ। नाका बन्द नभएको भए विवाईडीको एटो-३ यही एक्स्पोमा सार्वजनिक गर्ने कार्यक्रम थियो। प्रदर्शनीमा ९ वटा ब्रान्डका विद्युतीय कार र १६ वटा ब्रान्डका विद्युतीय स्कुटर तथा बाइकले सहभागिता जनाएका छन्।
यस्तै यस एक्स्पोमा विद्युतीय सवारी बुकिङ गर्दा विभिन्न नगद छुटसहित आकर्षक अफरहरु समेत बिक्रेताहरुले ल्याएका छन्। यो अफरहरु एक्स्पोलाई लक्षित गरेर ल्याइएकाले विद्युतीय सवारी खरिद गर्न इच्छुकले आजसम्म मात्र यो अवसर हासिल गर्न पाउने नाडाले जनाएको छ।
यस्तै एक्स्पोमा ३० लाखदेखि २ करोड ४० लाख रुपैयाँसम्म पर्ने विद्युतीय गाडी र ६ लाखसम्म पर्ने स्कुटर तथा बाइकहरु प्रर्दशनीमा राखिएका छन्।