काठमाडौं। नेपाल खुद्रा व्यापार संघका अध्यक्षमा पवित्रमान बज्राचार्य निर्वाचित भएका छन् ।
संघको ४३ औं वार्षिक साधारणसभाले बज्राचार्यलाई अध्यक्षमा निर्वाचित गरेको हो । पवित्रमान बज्राचार्यले यस अघि पनि नेपाद खुद्रा व्यापार संघका अध्यक्षको भूमिका निर्वाह गरिसकेका छन् ।
कोभिडका कारण निवर्तमान अध्यक्ष राजकुमार श्रेष्ठको मूत्यु भएपछि संघको अध्यक्ष पद करिब दुईवर्षदेखि खाली रहेको थियो । संघको उपाध्यक्षमा नरेशबाबु शाही,महासचिवमा अमुलकाजी तुलाधर र सचिवमा राजु मास्के निर्वाचित भएका छन् ।
सभाले कोषाध्यक्षमा बसन्त श्रेष्ठ र सह कोषध्यक्षमा ध्रुवप्रसाद अधिकारी ,सदस्यहरुमा शिव डंगोल, सुरज होना र दिनेश तुलाधरलगायत चयन भएका हुन् ।