इसेवामार्फत फोनपे क्यूआर गर्दा १० प्रतिशतसम्म छुट पाइने, असोज १२ देखि १६ सम्म लागु हुने



बिजमाण्डू
२०७९ असोज १० गते ०९:४९ | Sep 26, 2022


इसेवामार्फत फोनपे क्यूआर गर्दा १० प्रतिशतसम्म छुट पाइने, असोज १२ देखि १६ सम्म लागु हुने



काठमाडौं। इसेवामार्फत फोनपको क्यूआरबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म अथवा बढीमा सय रुपैयाँसम्म छुट पाइने भएको छ। भुक्तानी प्रणाली सञ्चालक फोनपे र भुक्तानी सेवा प्रदायक इसेवाबीच ग्राहकलाई यस किसिमको सुविधा प्रदान गर्ने बारे सम्झौता भएको छ। 

Tata
Global Ime

सम्झौता पत्रमा फोनपेका तर्फबाट चिफ बिजनेस अफिसर सुमित दास र इसेवाका तर्फबाट चिफ म्यानेजर आशिष गौतमले हस्ताक्षर गरेका छन्। यो योजना असोज १२ गतेदेखि १६ गतेसम्म सञ्चालन हुने फोनपेले जनाएको छ। नेपालीहरुको महान चाड दसैंमा किनमेल गर्न केही सुलभ होस् भन्ने उदेश्यले यो योजना ल्याइएको बताइएको छ। 

यसैबीच फोनपेले दसैंलाई लक्षित गर्दै ‘चाडवाडमा जीवन सहज बनाऔं, नगद छाडौं, फोनपे गरौं’ योजना पनि सुरु गरेको छ। योजना अन्तर्गत हरेक दिन फोनपे क्यूआर गर्ने, फोनपे डाइरेक्ट गर्ने र अनलाइन भुक्तानी गर्नेमध्ये एक जना ग्राहकले दैनिक नगद एक लाख रुपैयाँ जित्न सक्छन्।

यसैगरी क्यूआर मार्फत भुक्तानी लिने मर्चेन्टले दैनिक सामसङको फोन जित्न सक्ने कम्पनीले जनाएको छ। ग्राहकहरुका लागि यो योजना असोज ४ गते देखि असोज १४ गतेसम्म लागु हुनेछ भने मर्चेन्टहरुले कात्तिक १२ गतेसम्म हरेक दिन मोबाइल जित्ने अफर कम्पनीले सार्वजनिक गरेको छ।