सातवटा जलविद्युत आयोजनाले ‘कन्स्ट्रक्सन लाइसेन्स’ का लागि आवेदन दिए, कुल क्षमता १७२.८७४ मेगावाट



बिजमाण्डू
२०७९ असोज १२ गते १६:०२ | Sep 28, 2022


सातवटा जलविद्युत आयोजनाले ‘कन्स्ट्रक्सन लाइसेन्स’ का लागि आवेदन दिए, कुल क्षमता १७२.८७४ मेगावाट


काठमाडौं। चालु आर्थिक बर्षको पहिलो महिना ७ वटा जलविद्युत कम्पनीले कन्स्ट्रक्सन लाइसेन्सका लागि आवेदन दिएका छन्।

Tata
Global Ime

आर्थिक बर्ष २०७९/०८० को साउन महिनामा कुल सात वटा आयोजना निर्माण गर्ने भन्दै आवेदन परेको विद्युत विकास विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ। जसको कुल क्षमता १७२.८७४ मेगावाट रहेको छ। विभागका अधिकारीहरुका अनुसार साउनपछि कुनै पनि कम्पनीले कन्स्ट्रक्सन लाइसेन्सका लागि आवेदन दिएका छैनन्।

आयोजना निर्माण गर्नुअघि विभागबाट कन्स्ट्रक्सनको लाइसेन्स अनिवार्य रुपमा लिनुपर्ने प्रावधान रहेको छ। कन्स्ट्रक्सन लाइसेन्स लिएर मात्रै हुँदैन नेपाल विद्युत प्राधिकरणबाट विद्युत खरिद बिक्री सम्झौता (पीपीए) गर्नुपर्छ। त्यसपछि कन्स्ट्रक्सनमा जान पाइँदैन।

चालु बर्ष ७७.५०० मेगावाटको घुन्साखोला जलविद्युत आयोजनाले मात्रै कन्स्ट्रक्सन लाइसेन्स पाएको छ। हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड मातहतको रेमिट हाइड्रो लिमिटेडले प्रवर्द्धक रहेको छ।

कन्स्ट्रक्सन लाइसेन्सनका लागि आवेदन परेका आयोजनाहरु:

क्रस

आयोजना

क्षमता (मेगावाट)

प्रबर्द्धक कम्पनी  

आवेदन दिएको मिति  

पालुन खोला साना जलविद्युत आयोजना

२१

पालुन खोला हाइड्रोपावर प्रालि

२०७९/०४/०५

छोम्रोन खोला साना जलविद्युत आयोजना

.८९४

घान्द्रुक हाइड्रो प्रालि

२०७९/०४/०६

 

कालीका कालीगण्डकी जलविद्युत आयोजना

३८.१६०

मौलाकालीका हाइड्रोपावर  कम्पनी प्रालि

२०७९/०४/०६

अपर मेवा खोला-ए जलविद्युत आयोजना

३१.९२०

सुर्य होल्डिङ कम्पनी प्रालि

२०७९/०४/१३

पिखुवा पशुपति जलविद्युत आयोजना

.१००

सुम्निमा हाइड्रोपावर कम्पनी प्रालि

२०७९/०४/१३

लुजा खोला जलविद्युत आयोजना

२४.८००

सिल्क पावर प्रालि

२०७९/०४/१७

 

चुजुङ खोला जलविद्युत आयोजना

४८

साँग्रिला ऊर्जा प्रालि

२०७९/०४/१७