घटस्थापनाको अवसरमा महानगर यातायातले थप १० वटा टाटा अल्ट्रा बस संचालनमा ल्याउने



बिजमाण्डू
२०७९ असोज १२ गते १६:०२ | Sep 28, 2022


काठमाडौं। घटस्थापनाको अवसरमा महानगर यातायातको थप १० वटा टाटा अल्ट्रा बस संचालनमा ल्याउने भएको छ।

Tata
Global Ime

कम्पनीले असोज १६ गते घटस्थापनाको दिन थप १० थान टाटा अल्ट्रा बस संचालनमा ल्याउने जनाएको छ।

कम्पनीले चक्रपथ परिक्रमामा निरन्तर सेवा दिंदै आएको महानगर यातायातले काठमाडौं उपत्यका सार्वजनिक यातायात क्षेत्रको अग्रणी संस्था हो। यस संस्थाले ३९ थान आकर्षक, सुविधा सम्पन्न र आधुनिक प्रविधि जडित यात्रुवाहक बस संचालन गरी उत्कृष्ट सेवा प्रदान गर्दै आएको जनाएको छ।

टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङका प्रबन्धक कृष्ण चन्दका अनुसार टाटा मोटर्सद्वारा उत्पादित यस बसमा १४० हर्ष पावरको शक्तिशाली इन्जिन रहेको छ। हाइ व्यक सिट, मिडल डोर तथा पराबोलिक लिफ स्प्रिंग सस्पेन्सन रहेको छ।

यस गाडीले आरामदायी यात्रा सुनिश्चित गर्ने विज्ञप्तिमा उल्लेख छ।