सडक तथा पुलहरुको काम अलपत्र पार्ने ६ वटा निर्माण व्यवसायीलाई कालोसूचीमा राखिँदै



बिजमाण्डू
२०७९ असोज १३ गते ०९:५६ | Sep 29, 2022


काठमाडौं। सडक तथा पुलहरुको निर्माण कार्य सम्पन्न नगर्ने ६ वटा निर्माण व्यवसायीलाई कालोसूचीमा राख्ने तयारी गरिएको छ।

Tata
Global Ime

सार्वजनिक खरिद अनुगमन कार्यालयले बिहीबार एक सूचना जारी गर्दै विभिन्न सडक तथा पुलहरुको निर्माण कार्य अलपत्र पारेको भन्दै कालोसूचीमा नराख्नको लागि स्पष्टीकरण माग गरेको छ।

उक्त सूचनाको आधारमा निर्माण कार्य अलपत्र किन पारेको बारेमा स्पष्टिकरण नआएमा कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढ्ने कार्यालयले जनाएको छ।

सडक विभागले पटकपटक ताकेता गर्दा पनि सडक तथा पुलहरुको काम सम्पन्न गर्न निर्माण व्यवसायीहरुले चासो नदेखाएको भनाइ छ। यसरी निपर्माण कार्य अलपत्र पार्ने निर्माण व्यवसायीहरुमा फ्युचर स्टार/सरौजदिन जेभी, स्काइ-वाइवा एण्ड लामा मा जानकी जेभी, श्रीकृष्ण निर्माण सेवा, निलगिरी निर्माण सेवा रहेका छन्।

यसैगरी अमर-मा जनकी जेभी, अरिनिको-लामा जेभी लगायतका कम्पनी रहेका छन्। यी कम्पनीहरुले वर्षौदेखि निर्माण कार्य अलपत्र पार्दै आएका छन्। यी निर्माण व्यवसायीले ६ वटा पुल र ५ वटा सडक निर्माणको काम समयमा सम्पन्न गर्न सकेका छैनन्।