
काठमाडौं। सुनको मूल्य फेरि बढेको छ। बुधबारको भन्दा बिहीबार सुनको मूल्य तोलामा १२ सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ८ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
हिजो सुन तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै चाँदीको मूल्य पनि बढेको छ। बिहीबार चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको छ। चाँदीको मूल्य बढेसँगै आज चाँदीको मूल्य प्रतितोला एक हजार २ सय ७० रुपैयाँ कायम भएको छ। बुधबार चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रतितोला एक हजार एक सय ४५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस १६४७.३८ डलरमा कारोबार भइरहको छ। चाँदी भाउ प्रतिऔंस १८. ७० डलर छ।