अम्बे ग्रुपको लुम्बिनी र सुदुरपश्चिम प्रदेशका डिलरहरुसँग जमघट



बिजमाण्डू
२०७९ असोज १३ गते १५:४८ | Sep 29, 2022


काठमाडौं। अम्बे ग्रुपले आफ्ना लुम्बिनी र सुदुरपश्चिम प्रदेशका डिलरहरुलाई जमघट गरी शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।

Tata
Global Ime

नेपालगंजमै दैनिक १४ सय टन क्षमताको अत्याधुनिक वातानुकुलित फ्याक्ट्री नेपालको सबैभन्दा ठूलो फ्याक्ट्री रहेको छ।

यी दुई प्रदेशमा अपेक्षाकृत ग्राहकको विश्वास जित्न ब्राण्ड सफल भएको ग्रुपका अध्यक्ष हरी न्यौपानेले  बताए। 

उक्त अवसरमा अम्बे स्टीलका ब्राण्ड एम्बेस्डरद्वय मदनकृष्ण श्रेष्ठ र हरीवंश आचार्यले देशमा यतिठूलो उद्योग स्थापना गरी उद्योग, रोजगारी, सिर्जना गर्नुकासाथै कलाकार, डिलर, उपभोक्ता, सबैको आर्थिक हैसियत बढाउन सहयोग पुर्याएकोमा ग्रुपलाई धन्यवाद दिए।

ग्रुपका निर्देशक शिवाज न्यौपानेले उद्योगलाई समय सापेक्ष, प्रविधिमैत्री, जनउत्तरदायी, संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै देशकै अनुकरणीय उद्योगका रुपमा स्थापित गर्न नविनत्म सोचसहित विभिन्न नयाँ भेञ्चर थप्दै लगिने जानकारी गराए।

उक्त अवशरमा दुई प्रदेशका प्राय सबै डिलरबाट झण्डै ५ सय जनाभन्दा बढी प्रतिनिधिहरुको सहभागिता रहेको थियो। 

सहभागीहरुबाट लक्कि ड्र गरी तीन जना विजेतालाई आकर्षक उपहार समेत महजोडीको हातबाट हस्तान्तरण गरिएको थियो। राष्ट्रिय स्तरका ख्यातीप्राप्त कलाकार रचना रिमाल, सुमन कोइराला (दले दाई), कविता नेपाली लगायतले आफ्नो कला प्रस्तुत गरेका थिए।