एनसेलको चाडपर्वलक्षित ‘होम एन्ड अवे डेटा प्याक’, ६० जीबी डेटा मात्रै ५९९ रुपैयाँमा



बिजमाण्डू
२०७९ असोज १४ गते ०८:४३ | Sep 30, 2022


एनसेलको चाडपर्वलक्षित ‘होम एन्ड अवे डेटा प्याक’, ६० जीबी डेटा मात्रै ५९९ रुपैयाँमा


काठमाडौं। चाडवाडको बेलामा घरमा रहँदा होस् या बाहिर जहाँ भएपनि डेटा सेवा लिन सक्ने गरी एनसेल आजियाटाले नौलो तथा आकर्षक ‘होम एन्ड अवे डेटा प्याक’ अफर सञ्चालनमा ल्याएको छ।

Tata
Global Ime

एनसेलका ग्राहकले चाडपर्वको अवसरमा अब अझ सुलभ दरमा डेटा सेवाको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ।

दसैं, तिहार र छठ पर्वको अवसरमा ल्याइएको यो प्याक प्रयोग गरि ग्राहकले शुभकामना आदानप्रदान, चाडपर्वको उत्साह, उमंग साट्नुका साथै आफ्ना प्रियजन र साथीभाइसँग सम्पर्कमा रहिरहन सक्ने बताइएको छ।

एनसेलका ग्राहकहरुले यो प्याक करसहित ५९९ रुपैयाँमा ३० जीबी होम डेटा र ३० जीबी अवे डेटा गरि कुल ६० जीबी डेटा पाउने कम्पनीले जनाएको छ। डेटा चलाउनका लागि ग्राहकले जुन स्थानमा बसेर यो प्याक सुचारु हुन्छ त्यही स्थानलाई होम लोकेसन मानिने र अन्य स्थानलाई अवे लोकेसन मानिने एनसेलले स्पष्ट पारेको छ।

यो प्याक एनसेलले बिहीबारबाट सञ्चालनमा ल्याइसकेको छ। एनसेलका ग्राहकले *१७१२३*३०# डायल गरेर यो प्याक सजिलै किन्न सक्ने बताइएको छ। यसैगरि एनसेल एप र एनसेलको वेबसाइट मार्फत पनि यो प्याक किन्न सकिने एनसेलले जनाएको छ।

एनसेलका ग्राहकले आफ्नो आवश्यकता अनुसार होम प्याकको स्थान परिवर्तन पनि गर्न सक्ने सुविधा एनसेलले दिएको छ। यो प्याक सुचारु भएपछि २८ दिनको लागि मान्य रहने छ।

 यो डेटा प्याकको विशेषता प्याकमा रहेको डेटा भोलुम खपत भइसकेपछि प्याकको समयावधि रहेसम्म पे एज यू गो (पेजी) दर लागु नहुने एनसेलले जनाएको छ। होम एण्ड अवे डेटा प्याकमा रहेको डेटा सकिएमा ग्राहकले कुनै पनि अन्य डेटा प्याक खरिद गरि डेटा चलाउन सक्छन्।

 डेटा सेवालाई अझै सुलभ बनाउँदै आफ्ना ग्राहकका लागि नेपालमा नै पहिलो पटक यस्तो नौलो तथा आकर्षक प्याक ल्याउन पाएकोमा हर्षित भएको एनसेलले जनाएको छ।