कुमारी बैंकले घोषणा गर्‍यो लाभांश, साढे १२ प्रतिशत नगद दिने, बोनस छैन



बिजमाण्डू
२०७९ असोज १४ गते १३:१० | Sep 30, 2022


कुमारी बैंकले घोषणा गर्‍यो लाभांश, साढे १२ प्रतिशत नगद दिने, बोनस छैन


काठमाडौं। एनसीसीसँग मर्जरको प्रक्रिया अघि बढाएको कुमारी बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ। लाभांश गत वर्षभन्दा बढेको छ।

Tata
Global Ime

बैंकले साढे १२ प्रतिशत लाभांश दिने घोषणा गरेको हो। पोहोर बैंकले ८.६७ प्रतिशत लाभांश दिएको थियो।

बैंकले बोनस सेयर नदिने निर्णय गरेको छ। बैंकले साढे १२ प्रतिशत नगद नै दिने छ। 

बैंकले कायम चुक्ता पुँजी १४ अर्ब ७१ करोड रुपैयाँको साढे १२ प्रतिशतले हुन आउने एक अर्ब ८३ करोड रुपैयाँ नगद दिने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश राष्ट्र बैंक र आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन्।