भारतमा एसेम्बल्ड भएको मर्सिडिजको इभी, एक पटक चार्ज गर्दा ८५७ किलोमिटर यात्रा गर्न मिल्ने



बिजमाण्डू
२०७९ असोज १८ गते १०:४६ | Oct 4, 2022


भारतमा एसेम्बल्ड भएको मर्सिडिजको इभी, एक पटक चार्ज गर्दा ८५७ किलोमिटर यात्रा गर्न मिल्ने


काठमाडौं। भारतमा मर्सिडिज बेन्चको विद्युतीय गाडी सार्वजनिक भएको छ। भारतीय प्लान्टमा एसेम्बल भएको पहिलो लक्जरी सेग्मेन्टको विद्युतीय कार हो।

Tata
Global Ime

इक्यूएस-५८० म्याटिक यो कारको मूल्य १ करोड ५५ लाख भारु मुल्य रहेको छ। जर्मनी कार निर्माता कम्पनी मर्सिडिजले आफ्नो देश वाहिर यो इभी पहिलो पटक भारतमै एसेम्बल्ड गरेर सार्वजनिक गरेको हो।

यो कारमा १०७.८ किलोवाट लिथियम ब्याट्री र चार वटा मोटर छ। एक पटक चार्ज गरेपछि यो कारले ८५७ किलोमिटर यात्रा गर्न मिल्छ। यो सबैभन्दा धेरै चल्ने इभीको रुपमा पनि लिइएको छ।

यो शक्तिशाली इभीको रुपमा पनि लिइन्छ।