किया कारेन्सको एयरब्यागमा समस्या, भारतमा ४४ हजार भन्दा बढी युनिट फिर्ता बोलाइयो



बिजमाण्डू
२०७९ असोज २० गते १२:०८ | Oct 6, 2022


किया कारेन्सको एयरब्यागमा समस्या, भारतमा ४४ हजार भन्दा बढी युनिट फिर्ता बोलाइयो


काठमाडौं। किया कारेन्सको एयरब्याग सफ्टवेयरमा समस्या आएपछि ४४ हजार भन्दा बढी युनिट गाडी फिर्ता बोलाइएको छ।  कारेन्समा ६ वटा एयरब्यागहरू छन्।

Tata
Global Ime

किया भारतले कारेन्स एमपीभीमा एयरब्याग कन्ट्रोल इकाइ सफ्टवेयरमा सम्भावित समस्या समाधान गर्नका लागि फिर्ता बोलाइएको जनाएको छ। कम्पनीले ४४ हजार १७४ युनिट गाडी  फिर्ता गर्ने र ग्राहकसँग सम्पर्क गर्ने जनाएको छ।

कम्पनीको विज्ञप्तिका अनुसार कार फिर्ताका लागि ग्राहकहरूले अपोइन्टमेन्ट लिनुपर्नेछ। यसका लागि आफ्नो सम्बन्धित तथा नजिकैको किया डिलरमा जानु पर्नेछ। यस्तै कम्पनीको आधिकारिक वेबसाइट वा किया एपमा पनि अपोइन्टमेन्ट बूक गर्न सकिन्छ।

कियाले यस समस्याको निरीक्षण गर्न फिर्ता बोलाउने अभियान सञ्चालन भइरहेको र आवश्यक भएमा नि:शुल्क सफ्टवेयर अपडेट उपलब्ध गराउने जनाएको छ। कियाले यस अघि पनि दुईपटक किया सेल्टसमा डिजेल भेरियन्टहरुको इन्धन पम्पमा समस्या आएको भन्दै फिर्ता बोलाएको थियो। किया केरेन्स यस वर्ष फेब्रुअरीमा तीन इन्जिन विकल्पहरू सहित लन्च गरिएको थियो। 

कारेन्स १.५ लिटर प्राकृतिक एस्पिरेटेड पेट्रोल इन्जिन, १.४ लिटर टर्बोचार्ज्ड पेट्रोल इन्जिन र १.५ लिटर टर्बोचार्ज्ड डिजेल इन्जिन विकल्पमा उपलब्ध रहेको छ।