वीरगंजको नेसनल अक्सिजनले ५ करोड लगानीमा गर्‍यो क्षमता विस्तार, दैनिक हजार सिलिन्डर उत्पादन



बिजमाण्डू
२०७९ असोज २३ गते १५:३२ | Oct 9, 2022


वीरगंजको नेसनल अक्सिजनले ५ करोड लगानीमा गर्‍यो क्षमता विस्तार, दैनिक हजार सिलिन्डर उत्पादन


वीरगंज। नेसनल अक्सिजन प्रालिले आफ्नो उत्पादन क्षमता बढाएको छ। वीरगंज-१४ गण्डक ब्रुअरीमा एक दशक भन्दा अघिदेखि सञ्चालित उद्योगमा लगानी थपेर उत्पादन दोब्बर पारिएको छ।

Tata
Global Ime

उद्योगका सञ्चालक डा. अबुलहैस अन्सारीका अनुसार अक्सिजनको मागलाई ध्यानमा राख्दै ५ करोड लगानी थपेर उत्पादन क्षमता बढाइएको जानकारी दिए। 

१० कठ्ठा क्षेत्रफलमा रहेको उद्योगमा इटालियन प्रविधिको अक्सिजन उत्पादन प्लान्ट जडान गरिएको छ। पहिले अक्सिजन मात्र उत्पादन हुन्थ्यो भने कार्बनडाइअक्साइड र नाइट्रोजन ग्यास पनि उत्पादन हुने प्रविधि भित्र्याइएको उनले बताए। 

तराईका अधिकांश जिल्लामा कारोबार गर्ने उद्योगले पहिले दैनिक ६ सय ४७ लिटरको सिलिन्डर उत्पादन गर्दै आएको थियो। क्षमता विस्तारको काम पुरा भएपछि प्रतिघण्टा ४८ सिलिन्डरको दरले २४ घण्टामा १ हजार १ सय ५२ सिलिन्डर उत्पादन हुने डा. अन्सारीले बताए।

वीरगंज करिडोरमा सबैभन्दा पुरानो ज्योति समूहको हिमाल अक्सिजन, मधु अक्सिजन र नेसनल गरी तीन अक्सिजन उद्योग सञ्चालनमा छन्।