
काठमाडौं। महिन्द्रा एण्ड महिन्द्राले एक्सयुभी ३०० मोडललाई टर्बो स्पोर्टी भेरियन्टमा सार्वजनिक गरेको छ। कम्पनीले यसमा पहिलेको मोडलमा भन्दा धेरै पावरफुल इन्जिन समावेश गरेको छ।
कम्पनीले एक्सयूभी ३०० टर्बो स्पोर्टीलाई विभिन्न तीन भेरियन्टमा ल्याएको छ। जसमा ३०० डब्लू ६, डब्लू ८ र डब्लू ८ (अप्सनल) छन्। यसको सुरुवाती मूल्य भारतमा भारु १० लाख ३५ हजारदेखि टप भेरियन्टको मूल्य १२ लाख ९० हजारसम्म कायम गरेर बिक्री सुरु गरेको हो।
सिंगल टोन र ड्यूल टोन कलर अप्सनमा उपलब्ध एक्सयूभी ३०० को नयाँ मोडलको क्याविन रातो र कालो कलरको मिश्रणबाट तयार गरिएको छ। यसमा थुप्रै क्रोमको प्रयोग गरिएको छ।
कम्पनीले यसमा ३ सिलिन्डरका साथ ११९७ सीसी पेट्रोल इन्जिन जडान गरेको छ। उक्त इन्जिनले अधिकतम १३० हर्सपावरको क्षमता र २५० एनएम टर्क प्रदान गर्छ। यसले ५ सेकेन्डमा ० देखि ६० किलोमिटर प्रतिघण्टाको गति भेट्टाउन सक्ने कम्पनीले दाबी गरेको छ।
यसैगरी यसमा सनरुफ, एडजस्टेबल मिरर, ४ स्पिकर साउन्ड सिस्टम र अडियो कन्ट्रोलका लागि स्टेरिङमा बटमहरु रहेका छन्। साथै टायर प्रेसर मोनिटरिङ सिस्टम पनि यसमा उपलब्ध रहेको छ।
७ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट, रेयर भ्यु क्यामेरा, क्ररुज कन्ट्रोल, एप्पल कार प्ल्ये, अटोमेटिक हेडल्याम्प तथा रेन सेन्सरिङ वाइपरहरु जस्ता फिचर यसमा छन्।
कम्पनीले भारतमा यसको बुकिङ तथा टेष्ट ड्राइभ आजदेखि गर्न सक्ने जनाएको छ। नेपालामा भने यो गाडी कहिले आउछ भनेर भन्न नसकिने आधिकारिक बिक्रेता कम्पनी अग्नि ग्रुपले जनाएको छ। नेपालमा असोज २८ गतेसम्मका लागि सवारी साधनको आयातमा प्रतिबन्ध छ।