काठमाडौं। सुनचाँदीको कारोबार मूल्य फेरि घटेको छ। सोमबारको भन्दा सुन तोलामा १२ सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारका लागि बजार मूल्य प्रतितोला ९४ हजार रुपैयाँ निर्धारण भएको छ।
सोमबार सुन तोलामा ८ सय रुपैयाँले घट्दै प्रतितोला ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
आइतबार सुन तोलामा ३ हजार रुपैयाँले बढेर ९६ हजार रुपैयाँ पुगेको थियो।
चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ। मंगलबार चाँदी प्रतितोला १२ सय १५ रुपैयाँ कायम भएको छ। सोमबार चाँदी तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १२ सय ३० रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस १६३२.८१ डलर र चाँदी १९.६५ डलरमा छ। सोमबार सुन प्रतिऔंस १६८६.१२ डलर र चाँदी १९.७२ डलर थियो।