बीवाइडीको २० वटा एटो-३ एक हप्ताभित्र काठमाडौं आइपुग्ने, ग्राहकलाई वितरणअघि सार्वजनिक गरिने



बिजमाण्डू
२०७९ असोज २५ गते १३:५२ | Oct 11, 2022


बीवाइडीको २० वटा एटो-३ एक हप्ताभित्र काठमाडौं आइपुग्ने, ग्राहकलाई वितरणअघि सार्वजनिक गरिने


काठमाडौं। इलेक्ट्रिक गाडीको बजारमा उल्लेख्य व्यापार गरिरहेको चिनियाँ कम्पनी बीवाइडीका नयाँ गाडीहरु काठमाडौं आउँदैछ। कोभिडका कारण चीनमा भएको लकडाउनमा रोकिएका गाडीको एउटा लट केरुङ नाका आइपुगेको छ।

Tata
Global Ime

बीवाइडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले एटो-३ मोडल आगामी एक हप्ताभित्र काठमाडौं आइपुग्ने जनाएको छ।

साइमेक्सका बजार प्रबन्धक समिर श्रेष्ठले चीनबाट गाडीहरु सबै छुटेर केरुङ आइपुगेको बताए। 'हाम्रो सबै गाडी केरुङ नाकामा आइपुगेको छ। यसमा ई-६ मोडल लगभग ३२ र एटो-३ गाडी २० वटा छन्,' उनले बिजमाण्डूसँग भने।

उनका अनुसार कम्पनीले एटो-३ शनिबार अर्थात अक्टोबर १५ तारिखका दिन काठमाडौंमा सार्वजिनक गर्ने तयारी गरेको छ। 'हामीले त्यही अनुसार एटो-३ सार्वजनिक गर्ने तयारी थालेका छौं,' उनले भने।

कम्पनीका अनुसार यो गाडीको मूल्य लगभग ८५ लाखदेखि ९० लाख रुपैयाँसम्म पर्नेछ। कम्पनीले यस गाडीको आधिकारिक मूल्य पनि सार्वजनिक गर्ने समयमा तोकिने जनाएको छ।

श्रेष्ठका अनुसार एटो-३ का लागि केही दिनअघि भएको नाडा इभी एक्स्पोमा २०० जनाभन्दा धेरै बुकिङका लागि प्रस्ताव गरेका थिए। तर कम्पनीले नेपालमा सार्वजनिक गरेपछि मात्र बुकिङ लिने जनाएको छ।