अमेजनले विद्युतीय सवारीको प्रयोग बढाउन ९७ करोड डलर खर्च गर्ने, युरोपेली फ्लीटमा संचालन हुने



बिजमाण्डू
२०७९ असोज २५ गते १७:३१ | Oct 11, 2022


अमेजनले विद्युतीय सवारीको प्रयोग बढाउन ९७ करोड डलर खर्च गर्ने, युरोपेली फ्लीटमा संचालन हुने


काठमाडौं। अमेजनले ९७ करोड डलर (नेपाली १ खर्ब २७ अर्ब) विद्युतीय सवारीमा खर्च गर्ने योजना बनाएको छ। यो योजना अन्तर्गत रहेको सबै विद्युतीय सवारी युरोपेली फ्लिटका लागि प्रयोग हुने कम्पनीले जनाएको छ।

Tata
Global Ime

धेरै अटोमेकरहरूले इलेक्ट्रिक डेलिभरी सवारी साधनहरूको उत्पादन योजनाहरू बनाइरहेका छन्। तीमध्ये एक इलेक्ट्रिक ट्रक अपस्टार्ट रिभियन हो। जसमा अमेजन एक प्रमुख प्रारम्भिक लगानीकर्ता थियो। रिभियनले गत महिना घोषणा गरेअनुसार यसले मर्सिडिजसँग युरोपमा इलेक्ट्रिक भ्यानको उत्पादनमा सँगै काम गर्न सम्झौता पत्रमा हस्ताक्षर गरेको छ।

यस लगानीले कम्पनीको फ्लीटलाई २०२५ सम्ममा कम्तिमा १० हजार विद्युतीय डेलिभरी भ्यानमा पुर्‍याउनेछ। कम्पनीले यसभन्दा अगाडिनै ३ हजार विद्युतीय डेलिभरी भ्यान र १५ सयभन्दा बढी लामो दुरीका इलेक्ट्रिक ट्रकहरू संचालन गरिरहेको छ। कम्पनीले यो २०४० सम्म शून्य कार्बन उत्सर्जन उत्पादन गर्ने सवारी मात्र प्रयोगमा ल्याउने लक्ष्यको एक हिस्सा रहेको जनाएको छ।

अमेजनका अनुसार कम्पनीले ई-कार्गो बाइकहरू डेलिभरी गर्ने योजना रहेको पनि जनाएको छ। यसलाई कम्पनीले छुटै डेलिभरी स्टेशनहरू प्रयोग गरेर थप प्याकेजहरू डेलिभर गर्ने अपेक्षा गर्दछ जुन यसलाई 'माइक्रो-मोबिलिटी हब' भनेर नामकरण गरेको छ।

कम्पनीले लन्डन, म्युनिख र पेरिस लगायत २० वटा प्रमुख युरोपेली सहरहरूमा पहिले नै यस्ता हबहरू सञ्चालन गरिरहेको बताएको छ। अमेजनले २०२५ को अन्त्यसम्ममा ती हबहरूको संख्या दोब्बर हुने अपेक्षा गरेको छ। अमेजनको यो लगानी योजनाले विद्युतीय सवारीको लागि सार्वजनिक चार्जिङ पूर्वाधारलाई प्रोत्साहित गर्नेछ।

'हाम्रो यातायात सञ्जाल डिकार्बोनाइज गर्न हाम्रो व्यवसायको सबैभन्दा चुनौतीपूर्ण क्षेत्रहरू मध्ये एक हो र शून्य कार्बन प्राप्त गर्न पर्याप्त र दिगो लगानी चाहिन्छ,' अमेजनका सीईओ एन्डी जस्सीले भने, 'हजारौं विद्युतीय भ्यान, लामो दुरीका ट्रक र बाइकहरू संचालन गर्नाले हामीलाई परम्परागत जीवाश्म इन्धनबाट टाढा जान मद्दत गर्नेछ।'