काठमाडौं। हुण्डाइ मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले विश्वकप हेर्न जान पाउने विजेताहरु सार्वजनिक गरेको छ। कम्पनीले विश्वकप २०२२ लक्षित 'गोल अफ द सेन्चुरी' अभियान अन्तर्गतको टेष्ट ड्राइभ क्याम्पेन हुन्डाइ टेष्ट ड्राइभ, वाच लाइभ फिफा वल्ड कप २०२२ को विजेताहरु घोषणा गरेको हो।
कम्पनीका अनुसार यस क्याम्पेनका विजेताले फिफा विश्वकप २०२२ को प्रत्यक्ष खेल कतार गएर हेर्न पाउनेछन्। ११ अक्टोबर २०२२ मा गरिएको लक्की ड्र मार्फत २ जना शेरबहादुर जीसी र हस्तमाया गुरुङ विजेता भएका कम्पनीले जनाएको छ।
यी दुइ विजेताहरुले आफ्नो रोजाइको १/१ व्यक्ति साथमा लिई कतारमा प्रत्यक्ष विश्वकप २०२२ हेर्न जान पाउनेछन्, जसको सम्पूर्ण खर्च हुण्डाइ नेपालले व्यहोर्ने छ।
यस योजनामा सहभागी जनाउन १९ जुलाईदेखि ३० सेप्टेम्बरसम्म सञ्चालनमा ल्याएको थियो। उक्त क्याम्पेनमा सहभागी हुन नेपालभरी रहेका हुण्डाइको १७ वटा सोरुमहरुबाट कुनै पनि हुण्डाई गाडीको टेष्ट ड्राइभ गर्न सक्ने थिए।
यस क्याम्पेनले पर्यावरण दिगोपनका लागि हुण्डाइको प्रयासप्रति सबैको ध्यानाकर्षण गरेको कम्पनीले दाबी गरेको छ। क्याम्पेनले नेपाली अटोमोबाइल बजारमा अत्यधिक चर्चा बटुल्न पनि सफल रहेको कम्पनीको भनाइ छ।