भदौदेखि निरन्तर बढ्दै गएको निक्षेपमा ह्रास आउन सुरु, असोज तेस्रो साता ९.८ अर्ब घट्यो निक्षेप



बिजमाण्डू
२०७९ असोज २६ गते १७:२९ | Oct 12, 2022


भदौदेखि निरन्तर बढ्दै गएको निक्षेपमा ह्रास आउन सुरु, असोज तेस्रो साता ९.८ अर्ब घट्यो निक्षेप


काठमाडौं। असोज तेस्रो साता वाणिज्य बैंकहरुको निक्षेप ८ अर्ब रुपैयाँले घटेको छ। भदौदेखि निरन्तर बढ्दै गएको निक्षेपमा ह्रास आउन सुरु गरेको हो।

Tata
Global Ime

भदौदेखि लगातार बढेको वाणिज्य बैंकहरुको कुल निक्षेप असोज १४ गतेसम्म आइपुग्दा ४५ खर्ब १९ अर्ब रुपैयाँ पुगिसकेको थियो। तर असोज तेस्रो साता बैंकहरुबाट ७ खर्ब ९९ अर्ब रुपैयाँले घटेको हो। असोज २१ गतेका दिनसम्म वाणिज्य बैंकहरुसँग कुल ४५ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप छ।

निक्षेपसँगै सो साता बैंकहरुको कर्जा पनि ४ अर्ब ७२ करोड रुपैयाँले घट्यो। असोज १४ गतेसम्म कुल ४१ खर्ब ९७ अर्ब रुपैयाँ ऋण दिएका थिए। तर असोज २१ गतेका दिनसम्म ४१ खर्ब ९३ अर्ब रुपैयाँ छ।