नेप्सेमा नागरिक लगानी कोषको करिब एक करोड कित्ता बोनस सेयर थपियो, कहिलेबाट गर्न मिल्छ कारोबार?



बिजमाण्डू
२०७९ असोज २७ गते १०:१६ | Oct 13, 2022


नेप्सेमा नागरिक लगानी कोषको करिब एक करोड कित्ता बोनस सेयर थपियो, कहिलेबाट गर्न मिल्छ कारोबार?


काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा करिब एक करोड कित्ता सेयर सूचिकृत भएको छ। बुधबार नेप्सेमा नागरिक लगानी कोषको ९८ लाख १० हजार कित्ता बोनस सेयर सूचिकृत भएको हो।

Tata
Global Ime

नागरिक लगानी कोषले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट कायम चुक्ता पुँजीको ३० प्रतिशत बोनस सेयर वितरण गरेको थियो। सोही बोनस सेयर बराबरको सेयर संख्या नेप्सेमा सूचिकृत भएको हो। 

सो आवका लागि नागरिक लगानी कोषले कुल ३१.५८ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो। बुधबार सूचिकृत कम्पनीको बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा आएपछि दोस्रो बजारमा कारोबार गर्न सकिनेछ।

हाल नेप्सेमा नागरिक लगानी कोषको कुल ४ करोड २५ लाख कित्ता सेयर सूचिकृत छ। अन्तिम कारोबार मूल्य १८ सय ७५ रुपैयाँका आधारमा कम्पनीको कुल बजार पुँजीकरण ७९ अर्ब ७० करोड ६२ लाख रुपैयाँ छ।