भुसाल समूहको हेभी इक्युपमेन्ट लोडर बेच्ने भुसाल बिजनेस हाउसको कारोबार ६२ करोड नाघ्यो



बिजमाण्डू
२०७९ असोज २७ गते १४:२१ | Oct 13, 2022


भुसाल समूहको हेभी इक्युपमेन्ट लोडर बेच्ने भुसाल बिजनेस हाउसको कारोबार ६२ करोड नाघ्यो


काठमाडौं। भुसाल बिजनेस हाउस प्रालिले २०२१/२२ मा ६२ करोड २० लाखको कारोबार (अपरिष्कृत) गरेको छ। भुसाल समूहको लगानी रहेको यो कम्पनी नेपालका लागि सीएनएचटुको ब्याकहो लोडरको आधिकारिक वितरक हो। अमृत भुसालकव समेत यो कम्पनीमा लगानी छ।

Tata
Global Ime

लोडरको व्यापार बढ्दा कम्पनीको व्यापार पनि बढेको रेटिङ विवरणमा उल्लेख छ।

बालकृष्ण भुसालको अध्यक्षतामा सत्र्चालन भइरहेको यो कम्पनीले २०२१ मा १८ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो।  

कम्पनीको देशभर दुईवटा शोरुम र २५ वटा डिलर सञ्जाल छ। भुसाल समूहको अर्को भगिनी संस्थाले न्यू होल्यान्डको हेभी इक्वुपमेन्टदेखि कृषि औजार बिक्री गरिरहेको छ। 

कम्पनीले इन्फोमेरिक्स रेटिङ्स नेपालबाट ८५ करोड रुपैयाँको अल्पकालीन कर्जाका लागि आइआरएन ए फोर रेटिङ पाएको छ।