अन्ततः सामान्य अंकले बढेर बिदा भयो यो साताको सेयर बजार, कारोबार रकम भने ८३ करोड रुपैयाँमा सीमित



बिजमाण्डू
२०७९ असोज २७ गते १५:१८ | Oct 13, 2022


अन्ततः सामान्य अंकले बढेर बिदा भयो यो साताको सेयर बजार, कारोबार रकम भने ८३ करोड रुपैयाँमा सीमित


काठमाडौं। बिहीबार सेयर बजारले बुधबारको वृद्धिलाई निरन्तरता दिँदै सामान्य अंक बढेर बन्द भएको छ। बुधबार दोहोरो अंकले बढेर बन्द भएको बजारले आज पनि निरन्तरता पायो। फलस्वरुप सामान्य उतारचढावका बाबजुद बिहीबार नप्से परिसूचक ४.१५ अंकले बढेर १८७०.६३ विन्दुमा आएको हो। यस्तै आज सेन्सेटिभ पनि ०.९५ अंकले बढेको छ।

Tata
Global Ime

आज परिसूचकसँगै कारोबार पनि बढेको छ। आज दिनभरको कारोबार अवधिमा २२२ कम्पनीको २६ लाख ९८ हजार कित्ता सेयर किनबेच हुँदा ८२ करोड ९६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। बुधबार भने ६९ करोडभन्दा बढीको कारोबार भएको थियो।

लगानीकर्ताहरुका अनुसार तरलता अभावसँगै बढेको ब्याजदरले बैंकको पैसा छोइनसक्नु भएको छ। त्यसैले ब्याजदर नघटेसम्म बजारमा पैसा ल्याउन कठिन हुने बुझाइ उनीहरुको छ। चाडबाडको समय अझै रहेकाले सबै लगानीकर्ता बजारमा नआइसकेकाले पनि कारोबारमा रौनक नदेखिएको लगानीकर्ताहरुको भनाइ छ।

बिहीबार पनि अभियान लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

यस्तै, साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज मिति तोकेको रुरु जलविद्युत परीयोजनाको सेयर मूल्य पनि बढेको छ। रुरुको सेयर मूल्य ६१.१८ अंकले बढ्दै ८१३ रुपैयाँ पुगेको छ। कारोबारका आधारमा हेर्ने हो बिहीबार पनि नबिल बैंक अग्रस्थानमा छ। नबिल बैंकको ३ करोड ४० लाख बढीको सेयर कारोबार भएको छ।