
काठमाडौं। टीभीएसको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी जगदम्बा मोटर्सले बेजोड अनि अद्भुत एक्सचेन्ज अफरको आयोजना गर्ने भएको छ।
कम्पनीले 'टिभीएस ग्रेट ग्राण्ड एक्सचेन्ज एण्ड फाइनान्स मेला योजना अन्तर्गत बेजोड अनि अद्भुत एक्सचेन्ज अफरको आयोजना गर्न लागिएको जनाएको छ।
कम्पनीका अनुसार यो अफर मेला यही असोज ३१ देखि कात्तिक ५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा चल्नेछ। यस मेलामा ग्राहकहरुले कुनै पनि ब्राण्डका पुरानो बाइक तथा स्कुटर एक्सचेन्ज गर्दा आकर्षक छुट तथा उपहारहरु पाउने कम्पनीले जनाएको छ।
यस मेलामा सहभागी हुने ग्राहकले आफ्नो पुरानो बाइक तथा स्कुटर एक्सचेन्ज गरेर टीभीएसको मोटरसाइकल तथा स्कुटर लिन पाउने छन्। साथै बजार मूल्यांकनभन्दा ७ हजार रुपैयाँ बढी, नकिन्दै १ लाख र किन्दा १० लाखसम्मको नगद छुटको समेत व्यवस्था गरिएको छ।
यो योजनामा आकर्षक फाइनान्स अफर समेत रहेको कम्पनीले जनाएको छ। जस अन्तर्गत न्युनतम २५ प्रतिशत डाउन पेमेन्ट गरी मासिक ४ हजार २७७ रुपैयाँको ईएमआईमा बाइक तथा स्कुटर लिन सकिन्छ।
यस बाहेक ग्राहकहरुले हेलमेट, बाइक कभर, र ब्यागजस्ता उपहार पनि प्राप्त गर्न सक्ने छन्।