जनउत्थान सामुदायिक लघुवित्तले २५ हजार कित्ता सेयर बिक्री गर्दै, न्युनतम मूल्य ९०० रुपैयाँ



बिजमाण्डू
२०७९ असोज ३० गते ०९:४७ | Oct 16, 2022


जनउत्थान सामुदायिक लघुवित्तले २५ हजार कित्ता सेयर बिक्री गर्दै, न्युनतम मूल्य ९०० रुपैयाँ


काठमाडौं। जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले २५ हजार कित्ता सेयर बिक्री गर्ने भएको छ। बुटवल केन्द्रिय कार्यालय रहेको लघुवित्तले विद्यमान संस्थापक सेयरधनीको नाममा रहेको सो सेयर बिक्री गर्ने जनाएको हो।

Tata
Global Ime

इच्छुक संस्था वा व्यक्ति जो कोहीले उक्त बोलकबोलमा भाग लिन सक्नेछन्। १५ दिनभित्र खरिद गर्न चाहेको सेयर कित्ताको व्यहोरा खुलाई लिखित निवेदन पेस गर्न लघुवित्तले अनुरोध गरेको छ।

यसअघि संस्थापक सेयरधनीहरुलाई सूचना प्रकाशित भएको ३५ दिनभित्र सेयर किन्न लघुवित्तले अनुरोध गरेको थियो। तोकिएको समयमा संस्थापकबाट आवेदन नपरेपछि अन्य संस्था वा व्यक्तिका लागि आवेदन खुलाइएको हो।

राष्ट्र बैंकको व्यवस्था अनुसार संस्थापक सेयर बिक्रि गर्दा कायम सेयरधनीलाई पहिलो प्रथमिकता दिनुपर्ने हुन्छ।

सेयरको न्युनतम मूल्य लघुवित्तले नौ सय रुपैयाँ तोकेको छ। तोकिएको मूल्यभन्दा कम मूल्य राखेर आवेदन दिन पाइने छैन।