१ अर्ब २० करोड बराबरको म्युचुअल फन्ड धितोपत्र बोर्डको पाइपलाइनमा



२०७९ असोज ३० गते १२:३१ | Oct 16, 2022


१ अर्ब २० करोड बराबरको म्युचुअल फन्ड धितोपत्र बोर्डको पाइपलाइनमा


काठमाडौं। नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा चार महिनापछि एउटा सामुहिक लगानी कोष (म्युचुअल फन्ड) थपिएको छ। बोर्डका अनुसार आरबीबी म्युचुअल फन्ड अन्तर्गत संचालित 'आरबीबी म्यूचुअल फन्ड-२' बोर्डमा अनुमतिका लागि आइपुगेको हो।

Tata
Global Ime

बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङले सो म्यूचल फन्ड जारीका लागि  लागि असोज १३ गते बोर्डमा आवेदन दिएको हो।

बोर्डबाट स्वीकृति पाएपछि यसले १ अर्ब २० करोड बराबरको १२ करोड इकाइ बिक्रीमा ल्याउने छ। यो योजना बन्दमुखी हो।

यस अघि बोर्डको पाइपलाइनमा लक्ष्मी भ्यालु फन्ड-११ र एनएमबी हाइब्रिड फन्ड एल-११ ले इकाइ बिक्री तथा निष्कासनका लागि बोर्डमा आवेदन दिएका थिए।