डुकाटीले ल्यायो रेसिङ सिरिजमा अर्को बाइक ‘पेनगेल-भी फोर आर,’ भारतमा सार्वजनिक, रेसमा आधारित



२०७९ असोज ३० गते १४:१७ | Oct 16, 2022


डुकाटीले ल्यायो रेसिङ सिरिजमा अर्को बाइक ‘पेनगेल-भी फोर आर,’ भारतमा सार्वजनिक, रेसमा आधारित


काठमाडौं। डुकाटीको नयाँ बाइक 'पेनगेल-भी फोर आर' सार्वजनिक भएको छ। कम्पनीले आइतबार भारतीय बजारमा उक्त बाइकको नयाँ मोडल सार्वजनिक गरेको हो।

Tata
Global Ime

यसमा १७ लिटर क्षमताको फ्युल ट्यांक छ। मोटो जीपीमा प्रयोग गरिँदै आएको भी फोर आर सिलिन्डर इन्जिन जडान गरिएको बाइकमा ६ वटा गियर छ। ९९८ सीसीको इटालियन बाइक हो।

यो बाइकमा ड्राइ वेट १७५ किलो छ। कर्भ वेट १९८ किलो छ। डबल सीट भएको बाइकको हाइट ५७.८ इन्च छ। बाइकमा २४० हर्ष पावर र १३ हजार आरपीएम छ भने १२४.० एनएम (न्युटन मिटर) र १६ हजार आरपीएमकोको टर्क क्षमता छ।

बाइकले गति लिइरहँदा गियर चेन्ज गर्दा क्लच थिच्न नपर्ने भएकाले जस्तोसुकै घुम्तीमा मोड्न सहज हुने कम्पनीले जनाएको छ।

यसको पुरानो मोडल डुकाटी पेनगेल भी फोरको मूल्य ४७ लाख रुपैयाँ थियो। डुकाटीका बाइकको अधिकृत बिक्रेता टर्बो मोटर्स हो।