काठमाडौं। अन्नपूर्ण हेलिकोप्टरको उडान अनुमति पाउने प्रक्रियाको अन्तिम चरणमा छ। एक साताअघि परीक्षण उडान सफल भएपछि अब कम्पनीको सूक्ष्म अध्ययन बाँकी रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
यो कम्पनीलाई चार दिनभित्रै उडान अनुमतिपत्र दिइने तयारी रहेको प्राधिकरणका एक कर्मचारीले बताए।
यो कम्पनीले तत्काल एउटा एयरबस हेलिकोप्टरमार्फत सिइङ, उद्धार, चार्टर, साइटसिन, फिल्म सुटिङ लगायत सेवा दिने कम्पनीका क्याप्टेन प्रमोद लामाले बताए।
'अहिले फाइनल चेकको चरणमा छौं। एओसी पाएलगत्तै व्यावसायिक सेवा सुरु गर्नेछौं। यो सँगै हामी यात्रुको माग अनुसार अर्को एउटा हेलिकोप्टर थप गरी सेवा विस्तार गर्नेछौं,' क्याप्टेन लामाले भने।
यो सँगै हेलिकोप्टरमार्फत सेवा दिन प्रक्रिया सुरु गरेको हेलिकोप्टर कम्पनी रोयल त्रिलोक भने पछिल्लो समय 'होल्ड'मा बसेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। यो कम्पनीको प्रक्रिया होल्डमा रहेसँगै यतिखेर अर्को नयाँ कम्पनी हेलि नेपालको प्रक्रिया भने सुरु भएको प्राधिकरणका एक अधिकारीले बताए।
यो कम्पनीले एमआइ-१७ र एयरबसका हेलिकोप्टर प्रयोग गरी उडान सेवा थाल्ने योजना बनाएको प्राधिकरणले जनाएको छ।


