केडिया समूहको इन्दुशंकर चिनी उद्योगको कारोबार एकैवर्ष १.५९ अर्ब नाघ्यो, पौने २ अर्ब ऋण लिँदै



बिजमाण्डू
२०७९ असोज ३१ गते १७:५३ | Oct 17, 2022


केडिया समूहको इन्दुशंकर चिनी उद्योगको कारोबार एकैवर्ष १.५९ अर्ब नाघ्यो, पौने २ अर्ब ऋण लिँदै


काठमाडौं। इन्दुशंकर चिनी उद्योगले २०२१/२२ मा १ अर्ब ५९ करोड ७१ लाख रुपैयाँको कारोबार (अपरिष्कृत) गरेको छ। उद्योगसँग दैनिक ५४ सय टन उखु पेल्ने जडित क्षमता छ। राजहंस ब्राण्डमा उद्योगले ए-३० ग्रेडको सेतो चिनी उत्पादन तथा बिक्री गर्छ। सर्लाहीको हरिवनमा उद्योगको प्लान्ट छ।

Tata
Global Ime

राजेशकुमार केडियासहित उनको परिवारका सदस्यहरुको सेयर स्वामित्व कम्पनीमा छ। उद्योगले २०२१ मा १ अर्ब ५७ करोड ४४ लाख रुपैयाँको व्यापार गरेको थियो। २०२० मा ३ अर्ब १३ करोड ७६ लाख रुपैयाँ र २०१९ मा २ अर्ब १४ करोड ७३ लाख रुपैयाँको कारोबार गरेको थियो।

उद्योगले २०२१/२२ मा दैनिक ३० किलोलिटर क्षमताको डिस्टिलरी युनिटको कमिसनिङ र ३ मेगावाटको को-जेन प्लान्ट सञ्चालनमा ल्याएको छ।

उद्योगले १ अर्ब ७५ करोड ७५ लाख रुपैयाँको बैंकिङ कर्जाका लागि इक्रा नेपालबाट रेटिङ पाएको छ।

४१ करोड रुपैयाँको दीर्घकालीन कर्जाका लागि उद्योगको रेटिङ एल डबल बी माइनसमा बढुवा भएको छ। यसअघि उक्त ऋणका लागि एनपी एल बी रेटिङ थियो। १ अर्ब ३४ करोड ७५ लाख रुपैयाँको अल्पकालीन कर्जाका लागि एनपी ए फोर रेटिङ पाएको छ।