
युट्युबले विज्ञापनदाताका लागि म्युजिक, पोडकास्ट स्रोताहरू साथै जोडिएका टेलिभिजनहरूका दर्शकहरूसम्म पुग्ने तरिकाहरू विस्तार गर्ने भएको छ।
विश्व बजारमा छाएको उच्च मुद्रास्फीति र सप्लाई-चेन अवरोधहरूका कारण विज्ञापन उद्योग पनि संघर्ष गरिरहेको नै अवस्था छ। जसले गर्दा केही ब्राण्डहरूले आफ्नो मार्केटिङ बजेट निकै सीमित गरेका छन् र कतिले फिर्ता पनि लिएका छन्। यही अवस्थालाई मध्यनजर गरी सो घोषणा आएको हो।
यसले विज्ञापनदाताहरूलाई नयाँ ग्राहकहरूसम्म पुग्ने र उत्पादन बिक्रीलाई बढावा दिने मार्केटिङका प्रकारहरूमा 'लेजर-केन्द्रित' बन्न प्रेरित गरेको गुगल र युट्युबका लागि ग्लोबल एडभर्टाइजर सोलुसन्सका उपाध्यक्ष डेबी वाइनस्टाइन बताउँछिन्।
‘उनीहरू के काम गर्दछ र कसरी आफ्नो रिच र बिक्री दोब्बर गर्न सकिन्छ भन्ने जान्न चाहन्छन्,’ उनले भनिन्।
यस स्ट्रिमिङ भिडियो प्लेटफर्मले संगीत वा पोडकास्टहरू सुन्न युट्युब प्रयोग गर्ने मानिसहरू समक्ष आफ्नो ब्राण्डहरूलाई मार्केट गर्न सकिने अडियो विज्ञापन विश्वव्यापी रूपमा विस्तार गर्नेछ।
कम्पनीको एडिसन रिसर्चको रिपोर्ट अनुसार युट्युब भिडियो हेर्नको विश्वभर परिचित भएता पनि यस प्लेटफर्म पोडकास्टहरू सुन्नको लागि पनि दोस्रो-सबैभन्दा लोकप्रिय सर्भिस हो।
यस प्लेटफर्मले ‘मोमेन्ट ब्लास्ट’ नामक विज्ञापन प्लेसमेन्टहरूको नयाँ प्याकेज पनि लेराउँदै छ। जसले प्रयोगकर्ताहरूले इन्टरनेट-जडित टीभी वा अन्य उपकरणहरूमा भिडियोहरू हेर्दा युट्युबमा सबैभन्दा लोकप्रिय सामग्रीहरूमा प्राइम पोजिसनिङ गर्न ब्राण्डलाई अनुमति दिनेछ।
ब्राण्डहरूले उक्त प्याकेजलाई जस्तै खेलकुद घटनाहरू वा प्रोडक्ट लन्चहरू लगायतका ‘आफ्नो’ प्रमुख क्षणहरूमा किन्न सक्ने वाइन्स्टाइन बताउँछिन्। (रोयटर्सबाट साभार)