सुनचाँदीको मूल्यमा सामान्य बढोत्तरी, कात्तिक पहिलो दिन कति पुग्यो सुनको मूल्य ?



बिजमाण्डू
२०७९ कात्तिक १ गते ११:३९ | Oct 18, 2022


सुनचाँदीको मूल्यमा सामान्य बढोत्तरी, कात्तिक पहिलो दिन कति पुग्यो सुनको मूल्य ?


काठमाडौं। कात्तिक महिनाको पहिलो दिन सुनको मूल्य सामान्य बढोत्तरी भएको छ। सोमबारका तुलनामा मंगलबार सुन तोलामा १०० रुपैयाँले बढेको हो।

Tata
Global Ime

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारका लागि सुनको कारोबार मूल्य प्रतितोला ९३ हजार ४०० रुपैयाँ निर्धारण भएको छ। सोमबार तोलाको ९३ हजार ३०० रुपैयाँमा खरिद-बिक्री भएको थियो।

सुनसँगै चाँदी तोलामा २० रुपैयाँले बढेको छ। मंगलबार चाँदी तोलाको ११ सय ८० रुपैयाँ छ। सोमबार प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रीय बजारमा सुन प्रतिऔंस १६५८.४२ डलर छ भने चाँदी १८.८४ डलरमा कारोबार भइरहेको छ। सोमबार सुन प्रतिऔंस १६५३.०५ डलर थियो भने चाँदी १८.५२ डलर थियो।