काठमाडौं। अमेरिकी ब्रान्ड जीपले पहिलो इभी 'एभेन्जर' मोडल युरोपमा केन्द्रित क्रसओभरमा ल्याउने भएको छ। नयाँ जीप एभेन्जर कम्पनीको पहिलो ब्याट्रीद्वारा संचालित विद्युतीय गाडी हो। पेरिस मोटर शोमा उक्त मोडलको अवधाराणा प्रस्तुत गरिएको थियो।
कम्पनीका अनुसार जीपले २०२५ को अन्त्यसम्ममा युरोपमा लन्च गर्ने ४ वटा विद्युतीय सवारीमध्ये यो गाडी पहिलो हो। यो गाडी अर्को वर्ष बजारमा बिक्रीमा जानेछ।
जीपले यो नयाँ गाडीले राम्रो पर्फमेन्स दिने अपेक्षा गरेको छ।
जीपले केही हदसम्म अमेरिकामा परम्परागत रूपमा अफ-रोडर र ठूला एसयूभीहरूमा ध्यान केन्द्रित गरेको छ। तर ४०८० एमएम लामो एभेन्जर यसको लाइन-अपमा सबैभन्दा सानो मोडेल बन्नेछ। किनभने यो युरोपमा ध्यान केन्द्रित गरी डिजाइन गरिएको हो।
सानो क्रसओभरको लागि पुन: प्याकेज गरिए पनि यो गाडीले जीपको डिजाइनका सबै प्रमुख सुविधाहरू समावेष गरिएको हुनेछ। भित्री भागमा १०.२५ इन्चको इन्फोटेनमेन्ट टचस्क्रिन वरिपरि निर्मित ड्यासबोर्ड छ। सबै एम्बियन्ट लाइटिङ र एयर भेन्टहरू समावेश छन्। यो गाडीमा सनरुफ र इलेक्ट्रोनिक रूपमा समायोज्य सीटहरू समावेश छन्। एभेन्जरमा ३८०-लिटरको बुट स्पेस पनि समावेश गरेको छ।
स्टेलान्टिस र निडेक लेरोय-सोमर होल्डिङको संयुक्त लगानी इमोटर्सद्वारा विकसित नयाँ विद्युतीय मोटरले अगाडिका पाङ्ग्राहरू चलाउँछ र ११२ किलोवाट (१५४ बीएचपी) हर्सपावर र १९१ एलबी फीट टर्क उत्पादन गर्छ। कम्पनीले मोटरको पावर आउटपुटको विवरण दिन बाँकी छ।
यसमा ५४ किलोवाट ब्याट्री प्याक उपलब्ध छ। यो ब्याट्री प्याक १७ मोड्युल र १०२ सेलहरू मिलेर बनेको छ। यस ब्याट्रीले दिने आधिकारिक रेन्ज ४०० किलोमिटर रहेको छ। यसलाई १०० किलोवाट क्षमताको फाष्ट चार्जर बाट चार्ज गर्न सकिन्छ। जसले २४ मिनेटमा २० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीले जनाएको छ।
जीप हाइपावर अफ-रोडरहरू गाडी निर्माण गर्नका लागि प्रसिद्ध छ। यस्तै एभेन्जरले पनि अफ-रोडमा आधारित कुरामा जोड दिने कम्पनीले जनाएको छ।
यसमा ६ वटा ड्राइभिङ मोडहरू (सामान्य, इको, स्पोर्ट, स्नो, मड र स्यान्ड) प्रदान गर्ने सेलेक-टेरेन प्रणाली फिचर उपलब्ध हुनेछ। साथै हिल डिसेन्ट कन्ट्रोल पनि प्रदान गर्दछ। इभी आर्किटेक्चर र ठूला पाङ्ग्राहरू समावेष गरिएका छन्। कम्पनीले यस मोडललाई २०० एमएमको राम्रो ग्राउन्ड क्लियरेन्स प्रदान गर्न गरी डिजाइन गरेको जनाएको छ।
तर धेरैजसो साना क्रसओभरहरूले मरुभूमि ट्रेलहरूमा भन्दा सहरहरूमा बढी चल्ने भएकोले जीपले त्यहाँ एभेन्जरलाई सकेसम्म सुरक्षित बनाउन काम गरेको छ। कम्पनीले कुनै पनि स्क्र्याच नहुने फ्रन्ट हेड लाइटहरू र पोलिमर स्किड प्लेटहरू फिट गर्ने योजना बनाएको छ।
जीप एभेन्जर अहिले युरोपका लागि प्रि-अर्डर खला गरिएको छ। कम्पनीले यसलाई नोभेम्बरको अन्त्यसम्म विशेष पहिलो संस्करणमा उपलब्ध गराउने जनाएको छ। यसमा ठूलो १०.२५ इन्फोटेनमेन्ट स्क्रिन र डिजिटल क्लस्टर, अटोमेटिक वातानुकूलित सिस्टम, पछाडिको क्यामेरा र सेन्सरहरू पनि उपलब्ध हुनेछ।