मिथिला लघुवित्तको २ हजार २५४ कित्ता संस्थापक सेयर बिक्रीमा, न्युनतम मूल्य ५०० रुपैयाँ



बिजमाण्डू
२०७९ कात्तिक २ गते १५:५२ | Oct 19, 2022


मिथिला लघुवित्तको २ हजार २५४ कित्ता संस्थापक सेयर बिक्रीमा, न्युनतम मूल्य ५०० रुपैयाँ


काठमाडौं। मिथिला लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बेच्ने भएको छ। संस्थापक समूहको २ हजार २५४ कित्ता सेयर बोलकबोल माध्यमबाट बिक्री गर्न लागेको हो।

Tata
Global Ime

लघुवित्तको गत सोमबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको थियो। संस्थापक सेयर बिक्रीको पहिलो प्राथामिकतामा संस्थापक सेयरधनीहरुलाई नै राखिएको कम्पनीले जनाएको छ।

खरिद गर्न इच्छुक सेयरधनीहरुले ३५ दिनभित्र आवेदन दिन सक्नेछन्। आवेदन कम्पनीको केन्द्रीय कार्यालय ढल्केवर पुग्नेगरी पेस गर्नु पर्नेछ।

सेयरको न्युनतम मूल्य प्रति कित्ता ५०० रुपैयाँ तोकिएको छ। सेयर किन्न इच्छुक लगानीकर्ताले सो मूल्यभन्दा बढी अंकित गरी बोलकबोल गर्नुपर्ने संस्थाले जनाएको छ। मूल्यभन्दा कम मूल्य अंकित गरी पेस गरेको आवेदन स्वतः रद्द हुने छ।

आवेदन पेस गर्दा न्युनतम १० कित्ता र अधिकतम सबै सेयरका लागि आवेदन दिन सकिन्छ।