मेगा बैंकको ३ करोडसम्मको कृषि कर्जा सुरक्षण निक्षेप तथा कर्जा सुरक्षण कोषले गर्ने



बिजमाण्डू
२०७९ कात्तिक २ गते १८:५३ | Oct 19, 2022


मेगा बैंकको ३ करोडसम्मको कृषि कर्जा सुरक्षण निक्षेप तथा कर्जा सुरक्षण कोषले गर्ने



काठमाडौं। निक्षेप तथा कर्जा सुरक्षण कोष र मेगा बैंकबीच कृषि कर्जा सुरक्षण गर्ने सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौतापत्रमा कोषको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र मेगा बैंकको तर्फबाट का.मु प्रमुख कार्यकारी अधिकृत रबीना देशराज श्रेष्ठले हस्ताक्षर गरेका छन्। 

Tata
Global Ime

सम्झौतापत्रमा हस्ताक्षर भएसँगै मेगा बैंकले कृषि व्यवसायको लागि प्रवाह गरेको तीन करोड रुपैयाँसम्मको कर्जा कोषले सुरक्षण गर्नेछ। तीन करोडसम्मको त्यस्तो कर्जामध्ये एक करोडभन्दा माथिको कर्जाको हकमा भने बैंकले त्यस्तो कर्जा प्रवाह गर्नुपूर्व कोषको पूर्व स्वीकृति लिनुपर्ने छ।

सुरक्षण हुने कर्जाको सुरक्षण शुल्क वार्षिक ०.६ प्रतिशतमध्ये ५० प्रतिशत नेपाल सरकारले अनुदान बापत व्यहोर्ने र बाँकी ५० प्रतिशत मात्र मेगा बैंकले कोषमा बुझाउनु पर्ने कोषले जनाएको छ। 

षमा सुरक्षित कृषि कर्जा ऋणीको मृत्यु वा प्राकृतिक प्रकोपबाट कृषि परियोजना नष्ट भएमा वा अन्य विभिन्न कारणबाट कर्जा असूली हुन नसकेमा बैंकले दाबी गर्न सक्ने र उक्त दाबीमा कोषले ८० प्रतिशतसम्म भुक्तानी गर्ने बताइएको छ।