सुनको मूल्यमा सामान्य गिरावट, बिहीबार सुन प्रति तोला ९३ हजार एक सय, चाँदी पनि घट्यो



बिजमाण्डू
२०७९ कात्तिक ३ गते ११:११ | Oct 20, 2022


सुनको मूल्यमा सामान्य गिरावट, बिहीबार सुन प्रति तोला ९३ हजार एक सय, चाँदी पनि घट्यो


काठमाडौं। तिहार नजिकिदै गर्दा सुनको मूल्य क्रमिक घट्न थालेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा एक सय रुपैयाँ घटेर प्रतितोला ९३ हजार एक सय रुपैयाँ निर्धारण भएको छ।

Tata
Global Ime

बुधबार सुन तोलामा २ सय रुपैयाँ घटेर प्रतितोला ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य बिहीबार तोलामा ५ रुपैयाँले घटेको छ। चाँदी प्रतितोला एघार सय ७० रुपैयाँ कायम छ। बुधबार चाँदी तोलामा ५ रुपैयाँलेनै घटेको थियो।

अन्तराष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस १६३४.२६ डलरमा कारोबार भइहरहेको छ। चाँदी प्रतिऔंस १८.५५ डलर छ।