एभरेष्ट बैंकले मनायो २८औं वार्षिकोत्सव: आर्थिक सहयोगदेखि कर्मचारीलाई सम्मानसम्म  



बिजमाण्डू
२०७९ कात्तिक ३ गते ११:२७ | Oct 20, 2022


एभरेष्ट बैंकले मनायो २८औं वार्षिकोत्सव: आर्थिक सहयोगदेखि कर्मचारीलाई सम्मानसम्म  


काठमाडौं। एभरेष्ट बैंकले २८औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरेर मनाएको छ। 

Tata
Global Ime

बैंकले प्रधान कार्यालयमा वृक्षारोपण तथा संस्थागत सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरु आयोजना गरेको छ।

बैंकका २०० भन्दा बढी कर्मचारी तथा ग्राहकहरुका बिचमा सम्पन्न कार्यक्रममा बैंकले सेवा अवधिको २५ वर्ष पूरा गरेका १० जना कर्मचारीहरुलाई सम्मान समेत गरेको छ। 

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल नेत्र ज्योती संघलाई डा. राम प्रसाद पोखरेल आँखा अस्पताल धनकुटामा रहने गरी आँखा जाँचने मेशिन खरिद गर्नका लागि ४ लाख ८० हजार २५० रुपैयाँ आर्थिक सहयोग गरेको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले नेपाल नेत्र ज्योती संघका बोर्ड सदस्य द्रोण गुरगाँईलाई  चेक हस्तान्तरण गरेका छन्।कार्यक्रममा नेपाल नेत्र ज्योती संघ धनकुटाका तर्फबाट रोशेस श्रेष्ठको समेत उपस्थिति रहेको थियो।

बैंकले ललितपुरको टैखेलमा सोलार यात्रु प्रतिक्षालय निमार्ण गर्नका लागि गोदावरी नगरपालिका वडा नं. ३ संग सम्झौता गरेको छ।

बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्मा र वडा कार्यालयको तर्फबाट अध्यक्ष सानुराजा घिमिरेले एक कार्यक्रमका बिच सो सम्झौतामा हस्ताक्षर गरेका हुन्।