नबिल फ्लेक्सी क्याप फण्ड कात्तिक २३ गतेबाट, खुलामुखी योजना सर्वसाधारणको भागमा ५ करोड इकाइ



बिजमाण्डू
२०७९ कात्तिक ४ गते ०९:१३ | Oct 21, 2022


नबिल फ्लेक्सी क्याप फण्ड कात्तिक २३ गतेबाट, खुलामुखी योजना सर्वसाधारणको भागमा ५ करोड इकाइ


काठमाडौं। नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने नबिल फ्लेक्सी क्याप फण्डको निष्काशन कात्तिक २३ गतेबाट हुने भएको छ। नबिल बैंक कोष प्रवर्द्धक छ भने नबिल इन्भेष्टमेन्ट बैंकिङ योजना व्यवस्थापक हो।

Tata
Global Ime

कम्पनीले कात्तिक २७ गतेसम्म इकाइहरुको निष्कासन गर्ने भएको छ। अंकित मूल्य प्रति इकाइ १० रुपैयाँ छ।

कम्पनीले ७ करोड ५० लाख इकाइ निष्कासन गर्ने छ। यसमध्ये एक करोड ५ लाख इकाइ नबिल बैंकलाई छुट्याएको छ। नबिल  इन्भेष्टमेन्टलाई ७ लाख ५० हजार इकाइ छुट्याइएको छ।

बाँकी रहेको ६ करोड ३७ लाख ५० हजार इकाइमध्ये प्रथम चरणमा ५ करोड इकाइ सर्वसाधारणलाई बिक्री गरिने छ। यो खुलामुखी इकाइ हो।

यसमा कम्तिमा १०० इकाइ वा बढिमा ७५ लाख इकाइका लागि आवेदन दिन सकिन्छ।