जजिरापछि विज एयरले गौतम बुद्ध विमानस्थलबाट उडान गर्दै, दुई सातापछि अबुधाबी उडान हुने



बिजमाण्डू
२०७९ कात्तिक ४ गते १२:४४ | Oct 21, 2022


जजिरापछि विज एयरले गौतम बुद्ध विमानस्थलबाट उडान गर्दै, दुई सातापछि अबुधाबी उडान हुने


काठमाडौं। संचालनमा आएको पाँच महिनापछि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दुईवटा अन्तर्राष्ट्रिय कम्पनीले उडान गर्ने भएको छ। यस अघि जजिरा एयरवेजले भैरहवा-कुवेत उडान गरेको यो विमानस्थलमा अक्टोबर ३० तारिखबाट अबुधाबी बेस रहेको विज एयरले उडान सुरु गर्ने भएको हो।

Tata
Global Ime

विजको यो उडान सुरु भएपछि अबुधाबीतर्फ श्रम र भ्रमणका लागि आउजाउ गर्ने नेपालीका लागि थप सहज हुने जनाइएको छ। कम्पनीले भैरहवा-अबुधाबी तर्फ दुईतर्फी उडान गर्ने स्वीकृति पाएको नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए। उनका अनुसार यो कम्पनीले साताको तीनवटा उडान गर्ने स्वीकृति पाएको छ।

'कम्पनीले साताको तीन दिन उडान गर्ने तालिका पाएको छ। अक्टोबर ३० बाट भैरहवाबाट अबुधाबी विजले व्यवसायिक उडान गर्नेछ,' सूचना अधिकारी भुलले भने।  

जजिरा र विजको आधिकारिक जीएसए सोसाइटी इन्टरनेशनल छ।

'अल्ट्रा लो कस्ट' मानिएको यो वायुसेवाले एयरबसको ३२१ निओ सिरिजको जहाजमार्फत उडान सेवा दिनेछ। विजको १ सय ९० सिट क्षमताको यो जहाज नेपालमै पहिलोपटक उडान गर्न लागेको हो। यो जहाज एयरबस कम्पनीले उत्पादन गरेको पछिल्लो संस्करणको जहाजमध्ये हो।

यो विमानस्थलमा श्रम र भ्रमणका लागि विदेशी मुलुक जाने यात्रु सहजताका लागि ट्राभल एजेन्सी म्यानपावर कम्पनीको आधिकारिक शाखा नभएका कारण पर्याप्त यात्रु माग आउन नसकेको विमानस्थलले जनाएको छ।