
काठमाडौं। गोयन्का समूहको एभरेष्ट रोलिङ इन्डस्ट्रिजले एकैवर्ष २ अर्ब ९ करोड ९० लाख रुपैयाँको कारोबार (अपरिष्कृत) गरेको छ।
स्टिलका विभिन्न प्रडक्ट उत्पादन गर्ने कम्पनीको क्षमता वार्षिक २९ हजार ७ सय टन छ। कम्पनीले एंगल, फ्लाट रड, स्क्वायर रड, प्लेन रड, टोर्करी र टीएमटी बार उत्पादन गर्छ।
कम्पनीले २०२१ मा १ अर्ब ७३ करोड ६० लाख रुपैयाँ र २०२० मा १ अर्ब ४० करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो।
भैरहवाको ओमसत्यमा प्लान्ट रहेको उद्योगले बिलेट र एमएस वायर कच्चा पदार्थका रुपमा आयात गर्छ। कम्पनीले एभरोल ब्राण्डमा आफ्नो उत्पादन बिक्री गर्छ।
कम्पनीले १ अर्ब ३६ करोड ८४ लाख रुपैयाँ बैंकिङ कर्जाका लागि इन्फोमेरिक्स रेटिङ्स नेपालबाट रेटिङ पाएको छ।
८४ लाख रुपैयाँको दीर्घकालीन कर्जाका लागि आइआरएन बी प्लस र १ अर्ब ३६ करोड रुपैयाँको अल्पकालीन कर्जाका लागि आइआरएन ए फोर रेटिङ पाएको छ।


