लाभांशको विशेष प्रस्ताव पारित गर्न अरुण काबेलीले डाक्यो साधारण सभा, कात्तिक १८ गते बुक क्लोज



बिजमाण्डू
२०७९ कात्तिक ६ गते १६:५५ | Oct 23, 2022


लाभांशको विशेष प्रस्ताव पारित गर्न अरुण काबेलीले डाक्यो साधारण सभा, कात्तिक १८ गते बुक क्लोज


काठमाडौं। लाभांशको विशेष प्रस्ताव पारित गर्न अरुण काबेली पावरले साधारण सभा डाकेको छ। कम्पनीको १२ औं वार्षिक साधारण सभा कात्तिक गते बस्ने जनाएको छ।

Tata
Global Ime

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई साढे १० प्रतिशत लाभांश बाढ्ने घोषणा गरेको थियो। प्रस्तावित लाभांशमध्ये कम्पनीले १० प्रतिशत बोनस दिँदै छ। बाँकी ०.५३ प्रतिशत कर तिर्न हो।

सो लाभांश अनुमोदन गर्न साधारण सभा बस्दै छ। साधारण सभा र लाभांश प्रयोजनका कम्पनीले बुक क्लोजको मिति पनि तय गरेको छ।

कम्पनीका अनुसार कात्तिक १८ गते बुक क्लोज गर्दैछ। यसको मतलब कात्तिक १७ गतेसम्म कायम सेयरधनीले मात्र प्रस्तावित लाभांश र सभामा भाग लिन पाउनेछन्।