तिहार सकिएपछि सुनचाँदीको मूल्य घट्यो, सुन तोलाको ९३ हजार रुपैयाँ, चाँदीमा सामान्य गिरावट



बिजमाण्डू
२०७९ कात्तिक १३ गते १०:४८ | Oct 30, 2022


तिहार सकिएपछि सुनचाँदीको मूल्य घट्यो, सुन तोलाको ९३ हजार रुपैयाँ, चाँदीमा सामान्य गिरावट



काठमाडौं। तिहार सकिएपछि सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ ।

Tata
Global Ime

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  आइतबारका लागि सुनको बजार मूल्य प्रतितोला ९३ हजार रुपैयाँ निर्धारण भएको छ । गत साता तिहारले गर्दा सुनको मूल्य तोलामा १५ सय रुपैयाँले  बढेर प्रतितोला  ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य आइतबार तोलामा १५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला १२ सय रुपैयाँ कायम भएको छ । गत साता चाँदीको मूल्य ११ सय ७५ रुपैयाँबाट  बढेर प्रतितोला १२ सय १५ रुपैयाँ पुगेको थियो । 

अन्तराष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस १६४४.७० डलरमा कारोबार भइरहेको छ । चाँदी प्रतिऔंस १९.२६ डलर छ ।