स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा तीन वर्ष यताकै बढी लाभांश प्रस्ताव, १६.५१ प्रतिशत नगद दिने



बिजमाण्डू
२०७९ कात्तिक १४ गते १४:४९ | Oct 31, 2022


स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा तीन वर्ष यताकै बढी लाभांश प्रस्ताव, १६.५१ प्रतिशत नगद दिने


काठमाडौं। स्ट्याण्डर्ड चार्टर्ड बैंकले तीन वर्षयता कै धेरै लाभांश प्रस्ताव गरेको छ। बैंकले गत आर्थिक वर्षका लागि १६.५१ प्रतिशत लाभांश दिने घोषणा गरेको हो।

Tata
Global Ime

बैंकको सञ्चालक समितिले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पुँजीको साढे १६ प्रतिशत नगद दिने निर्णय गरेको छ।

हाल बैंकको चुक्ता पुँजी ९ अर्ब ४२ करोड रुपैयाँ छ। प्रस्तावित लाभांश बैंकको आगामी साधारण सभा र राष्ट्र बैंकबाट प्रस्ताव भएपछि मात्र सेयरधनीले पाउनेछन्।

पोहोर बैंकले १३ प्रतिशत लाभांश दिएको थियो। जसमध्ये १० प्रतिशत बैंकले बोनस प्रस्ताव गरेको थियो।