अर्को वर्ष हुन्डाईले एसयुभीको नयाँ मोडल ल्याउँदै, इन्ट्री लेभलका एसयुभीसँग प्रतिस्पर्धा



बिजमाण्डू
२०७९ कात्तिक १६ गते ०८:३४ | Nov 2, 2022


काठमाडौं। हुन्डाई मोटर्सले २०२३ मा अर्को इन्ट्री-लेभल एसयुभी गाडी ल्याउने भएको छ। यो गाडीले सबै नयाँ इन्ट्री-लेभल एसयूभी पञ्च, सी३, किगर र म्याग्नाइटसँग प्रतिस्पर्धा गर्नेछ।

Tata
Global Ime

हुन्डाई भारतका लागि सबै नयाँ इन्ट्री-लेभल एसयूभी तयार गर्ने अन्तिम चरणमा छ। यो नयाँ एसयूभी बजारमा भेन्यु कम्प्याक्ट एसयूभीभन्दा तल्लो लेभलमा रहने कम्पनीले जनाएको छ। कम्पनीले उक्त एसयुभी २०२३ को चाडपर्वको सिजनमा बिक्रीमा जाने अपेक्षा गरिएको बताएको छ।

यो नयाँ मोडलको कोडनेम हुण्डाई एआई-३ ले टाटा पञ्च, रेनो किगर र निसान म्याग्नाइट जस्ता एन्ट्री-लेभल कम्प्याक्ट एसयूभीहरुसँग प्रतिस्पर्धा गर्नेछ। यसलाई कम्पनीले २०१६ देखि नै निर्माणको लागि डिजाइन तथा प्राविधिक रुपमा काम गरिरहेको थियो। कोरोना महामारीले गर्दा यस योजनाको काम ढिला भएको कम्पनीले जनाएको छ।

यो नयाँ एन्ट्री-लेभल एसयूभीलाई कम्प्याक्ट युटिलिटी भेहिकल (सीयुभी) को रूपमा राखिएको छ। साथै केही अन्तर्राष्ट्रिय बजारहरूमा बिक्रीमा रहेको क्यास्परभन्दा अलि ठूलो हुनेछ। यसले एउटै प्लेटफर्म प्रयोग गर्नेछ जसले ग्रान्ड आई-१० निओस र अउरा कम्प्याक्ट सेडानलाई अन्डरपिन गर्दछ।

कम्पनीले सब-कम्प्याक्ट एसयुभीको लागि ठाउँ सिर्जना गर्न तल्लो लेभलमा ग्रान्ड आई-१० र शीर्षमा भेन्यू एसयूभीको भेरियन्ट मिक्सलाई पुनर्संरचना गर्न सक्छ। यीनीहरुमा जस्तै यो गाडीमा पनि १.२-लिटर पेट्रोल पावरट्रेनको इन्जिन उपलब्ध हुनेछ।

यस मोडलका लागि कम्पनीले वार्षिक ५० हजार युनिट उत्पादन गर्ने योजना बनाएको छ। यसका लागि हुन्डाई मोटर इन्डियाले पनि आफ्नो प्लान्टको क्षमता ७.७ लाखबाट विस्तार गर्न करिब १ हजार ४७० करोड रुपैयाँ भारु लगानी गरेको कम्पनीले जानकारी दिएको छ। गत आर्थिक वर्षमा मात्र ८.५ लाख युनिट उत्पादन गरेको थियो।

हाल इतिहासमा पहिलो पटक कार खरिदकर्ताहरू एसयुभी तिर लागेका छन्। ह्याचब्याक सेगमेन्टमा १८ देखि २४ महिनाको छोटो अवधिमा टाटा पंच, रेनो किगर, निसान म्याग्नाइट र सिट्रोन सी-३ ले प्रति महिना लगभग २० बजार युनिट बिक्री गरिरहेका छन्।

हुन्डाईको उत्पादन योजना एकदम सामान्य देखिन्छ र यसले कसरी दक्षिण कोरियाली कार निर्माता बजार सेयरमा नाफामा ध्यान केन्द्रित गर्न उत्सुक छ भन्ने कुरा संकेत गर्छ।